लगातारको वर्षाले तराईका जिल्ला डुवानमा

लगातारको वर्षाले तराईका जिल्ला डुवानमा

 हिजो बिहानैदेखि भएको वर्षाका कारण मोरङको जनजीवन प्रभावित भएको छ । झापाको १ सय ९४ घरपरिवारका ८ सय ५४ जना बाढी र डुवानका कारण विस्थापित भएका छन् ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जिल्लाको गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिका र कमल गाउँपालिका बढी प्रभावित बनेको बताएका छन ।

उहाँले बाह्रदशी गाउँपालिकामा बाढीका कारण सुकुम्बासी बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित बनेको पनि बताएका छन।
बाढी र डुबानका कारण प्रभावित बनेका सबैलाई सुरक्षित स्थानमा राखिएको र सबैलाई सतर्कता अपनाउन उहाँले आग्रह समेत गरेका छन ।