डा. गोविन्द केसीद्वारा सरकारी मेडिकल कलेज माग

डा. गोविन्द केसीद्वारा सरकारी मेडिकल कलेज माग

डा. गोविन्द केसीले सबै प्रदेशमा कम्तीमा एउटा र जनसंख्या र भौगोलिक परिवेशको आधारमा थप संख्यामा सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना गर्न माग गरेका छन्।

डा. केसीले मंगलबार विज्ञप्ति जारी गर्दै  सरकारसँगको सम्झौता अनुरूप डोटी वा डडेलधुरा, उदयपुर, इलाम वा पाँचथरमा पनि तुरुन्त सरकारी मेडिकल कलेज निर्माण गर्न माग गरेका छन्। 

कैलाली जिल्लाको गेटामा अर्को वर्षदेखि एमवीवीएस लगायतका कार्यक्रमहरू को पठन–पाठन सुरु गर्नसमेत  उनले माग गरेका छन्।

मधेस र गण्डकी प्रदेशमा मेडिकल कलेज निर्माण कार्य सुरु नभएको र लुम्बिनी प्रदेशमा प्रतिष्ठानको साइनवोर्ड टाँग्नुबाहेक निर्माण कार्य सुरु नभएको डा. केसीले जनाएका छन्।  उदयपुर, पाँचथर वा इलाममा मेडिकल कलेज स्थापनामा उदासीनता रहेको विज्ञप्तिमा उल्लेख छ।