भारतमा एकैदिन थपिए १४ हजार बढी कोरोना सङ्क्रमित, ३० को मृत्यु

भारतमा एकैदिन थपिए १४ हजार बढी कोरोना सङ्क्रमित, ३० को मृत्यु

भारतमा एकैदिन १४ हजार ५०६ जना कोरोना सङ्क्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टाको अवधिमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका हुन् ।  हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ३३ हजार ४५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै सोही अवधिमा कोरोना सङ्क्रमणबाट ३० जनाको मृत्यु भएको छ । कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २५ हजार ७७  जनाको मृयु भइसकेको छ।हाल भारतमा ९९ हजार ६०२ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्लो २४ घन्टामा एघार हजार ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ८७ हजार ६०६ पुगेको छ । 

कोरोना भाइरस निको भएको यो दर ९८।६० प्रतिशत हो।