विश्वकप २०२२: १८ लाख टिकट बिक्री, शीर्ष १० खरिदकर्तामा भारतीय फ्यान

विश्वकप २०२२: १८ लाख टिकट बिक्री, शीर्ष १० खरिदकर्तामा भारतीय फ्यान

कतार विश्वकप २०२२ सुरू हुन पाँच महिनाभन्दा कम समय बाँकी रहदा विश्वभरका फ्यान ब्यग्र प्रतिक्षा गरिरहेका छन्। 

कतिपय फ्यान कतारमै गएर विश्वकप हेर्ने योजना बनाइरहेका छन्। फिफाले अहिलेसम्म दुई चरणमा टिकट बिक्री गरिसकेको छ। जसमा १८ लाख टिकट बिक्री भएका छन्।

अनलाइनमार्फत् टिकटका लागि अर्डर गरिएकालाई फिफाले अनियमित ९र्‍यानडम० चयन ड्र बिक्री अवधि र पहिला अर्डर गर्नेका लागि टिकट वितरण गरेको थियो। दुई चरणमा यसरी टिकट बिक्री गर्दा संसारभरका फ्यानको करोडौं अर्डर आएका थिए। 

पहिलो दुई चरणमा सबैभन्दा धेरै टिकट खरिद गर्ने १० देशमा कतार, क्यानडा, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, भारत, साउदी अरेबिया, स्पेन, युएई र अमेरिका रहेका छन्।टिकट आवेदन पहिलो पटक जनवरी १९, २०२२ मा खोलिएको थियो। 

विशेषगरी उद्घाटन र फाइनल खेलहरूको लागि टिकटको अर्डर सर्वाधिक आएको छ।  पहिलो दुई चरणमा टिकट खरिद नगरेका फ्यानका लागि जुलाई ५ देखि तेस्रो चरणको टिकट खुल्दैछ। 

जसमा पहिले अर्डर गर्नेले टिकट पाउने सम्भावना बढि हुनेछ। फिफाले नमुना छनोट लगायतका विधिबाट पनि टिकट बिक्री गर्नेछ।

आउँदो मंगलबार दिउँसो २:४५ मा टिकट बिक्री खुला हुनेछ। टिकटका लागि १६ अगस्टसम्म अर्डर गर्न सकिनेछ।