वर्षाका कारण बझाङको एक विद्यालय बन्द

वर्षाका कारण बझाङको एक विद्यालय बन्द

बझाङः वर्षाका कारण बझाङको एक विद्यालय बन्द गरिएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिकामा रहेको जडारिगाड खोलाको बहाव बढेर हिड्ने बाटोसमेत बगाएपछि आवतजावतमा समस्या भएको भन्दै खप्तडछान्ना २ खाती गाउँको विद्यालय बन्द गरिएको हो। 


जगदम्बा आधारभूत विधालय १ हप्तादेखि बन्द गरिएको छ। खोलाको बहाव बढेर विद्यार्थीलाई विद्यालय आउन समस्या हुने भएकाले बिदा दिइएको विधालय प्रशासनले जनाएको छ। वर्षा कम नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो।