मेरो अधिकार खै देखाइदिनुपर्‍यो मेयर साब ?

मेरो अधिकार खै देखाइदिनुपर्‍यो मेयर साब ?

धनगढी ।  मेरो गुनासो दुख रह्यो । आपत्ति जनाए । बजेटको कुरा, योजना तर्जुमा, नीति र कसको अधिकार कता छ र कति छ? त्यसमा कुनै सरसल्लाह छैन । हाकिम साब मेयर साब बसेर अन्तै कार्यक्रम बनाउनुभयो । त्यसमा मेरो अब्जेक्सन रहेन । समर्थन रहेन । बजेट तर्जुमाको संयोजक उपप्रमुख हो भने संविधानले दिएको अधिकार किन मिचियो । विधि र प्रक्रियाको खोजीमा छु । 

हाकिम सापको फोन उठ्दैन । अलग्गै बसेर योजना निर्माण गर्नुहुन्छ । मञ्चको कार्यक्रममा उपप्रमुखलाई ल्याउनुभएको छैन । ४ गते मञ्चमा जानै दिनुभएन । कतिसम्मको हेपाहा प्रवृत्ति हो? उपमेयरको के दायित्व छैन? म कसैको सोर्सफोर्स लगाएर यहाँ आएको छैन । आम जनताले पठाएको उपमेयर हो भने मेरो अधिकार खै देखाइदिनुपर्‍यो मेयर साब ?
यो कुनै कम्पनी र उद्योग होइन । उपमहानगरपालिका हो भने यो योजना तर्जुमाको संयोजकसँग छलफल गरेर होइन भने कार्यपालिकाको बैठकमा छलफल गरेर पास गरेर यो कार्य सभा सञ्चालन गर्ने जिम्मा थियो भने कतिसम्मको अपहेलाना, बोल्नै पर्ने भयो । 

हाकिम साप, जहिले पनि व्यस्त छ, मेरो व्यवस्ता छ । उपप्रमुखको कार्यकक्षमा आउन उहाँलाई गाह्रो छ । दबाब हो वा उहाँले असहयोग गर्न खोज्नुभएको हो । कुनै पनि प्रमुख शाखासँग कुनै सरसल्लाह छैन । सत्यराज, सदस्यसचिव, के हो यो बुकमा? कहिले बनाएर ल्याएको? जवाफ दिनुपर्छ । कसले अधिकार दियो यो बुक बनाउँन पढ्नका लागि । अहिलेसम्म मेयरसाबसम्म मिलेर जाऔँ । 

म बाहिर जाँदा पनि हमेसा मैले उहाँलाई फोन गरेको छु । तर उहाँले एक कल गरेको रेकर्ड छैन । उपमेयर साब हामी बसेर छलफल गरेर अघि बढऔं । 

नारा सुन्दर छ हाम्रो धनगढी हामी बनाउँछौँ । सुन्दर नारा छ, तर एकलौटीपन छ । तर मैले हमेसा साथ दिएकी छु । अब हुन्छ सहकार्य, अब हुन्छ, तर यहाँ छैन । यो विधि र नीतिको पखाई मा छु । 

उपमेयरको सचिवालयमा अहिलेसम्म कर्मचारी छैन । सचिव छैन, कसरी हरेक कुराको जानकारी पाउँ ? नारायण शर्मा ज्यूलाई मैले धेरै अनुरोध गरे । हेर्नुस् त कर्मचारीले पनि हेपेको प्रवृत्ति । अहिलेसम्म न आफू आउनुभयो न कसैलाई पठाउनुभयो । 

धनपा कसैको प्राइभेट संस्था होइन । यसमा झुपडीमा बसेको गरिब परिवार, समानुपातिक समावेशीको प्रतिनिधित्व हुने गरी १९ वटै वडामा भएका जनताको प्रतिनिधित्व हुन जरुरी छ । 

बजेटमा पुरानालाई दोहोराउँदै लग्ने नयाँ योजना नपार्ने कुरा आयो । म यति नबुझ महिला, सदस्य, उपप्रमुख होइन । म धेरै कुरा बुझ्छु । यो धनगढी उपमहानगरपालिकामा ऋण छ, त्यो हेर्छौ, पुराना योजना कसरी लैजाने, नयाँ योजनालाई कसरी समावेश गर्ने र समावेश हुन्छ कि हुँदैन त्यसमा ख्याल गर्न मलाई पनि राम्रोसँग आउँछ । तर सरसल्लाह त हुनुपर्छ । नगर सभामा प्रत्येक सदस्यको हातमा एजेन्डा हुनुपर्छ ।

एजेन्डामा छलफल गरेर आउनुपर्छ । छलफलबाट निचोड आउँछ तब पो सुन्दर धनगढी आउँछ । हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने नारा लगाउने तर एक तान्त्रिक प्रणाली लागु हुने? त्यसमा हाम्रो घोर आपत्ति छ । त्यसले हामी नगर सभा चलाउन सक्दैनौँ । आजको नगर सभा विधि र प्रक्रिया अनुसार नभएकाले म अगाडि बढ्न सक्दैन र कसैलाई पनि अगाडि बढ्नका लागि अनुरोध पनि गर्दैन । 

धनगढी उप-महानगरपालिकाको आठौँ नगर सभाको तेस्रो बैठकमा उप-प्रमुख कन्दकला रानाको भनाई को सम्पादित अंश ।