नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द, दोस्रो खेल आज

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द, दोस्रो खेल आज

नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी मैदानमा बेलुका पौने ९ बजेका लागि तय खेल वर्षाका कारण हुन सकेन ।

लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको हो । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो । क्यानडाबाट नेपाली टोली स्कटल्याण्ड जानेछ । स्कटल्याण्डमा हुने लिग–२ मा नेपालले घरेलु टोली र नामिबियासँग खेल्ने तालिका छ ।

 

अन्तिम अपडेट: असार २२, २०७९