नेपाल र नामिबिया आज भिड्दै

नेपाल र नामिबिया आज भिड्दै

क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजमा आज नेपाल र नामिबिया भिड्दैछन्। स्कटल्याण्डको कम्बुस्डोन स्टेडियममा दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ। 

सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने नेपाल सिरिजको पहिलो खेल खेल्न गइरहेको छ। आजको खेलमा जित निकाल्ने टोली लिग २ को पाँचौ स्थानमा रहने छन्। हाल १६ खेलबाट १५ अंक जोडेर नेपाल पाँचौ र १५ खेलबाट १४ अंक जोडेर नामिबिया छैटौं स्थानमा छ। यी दुई टोलीबीच एक स्थान र एक अंकको फरक रहँदा आज जितेर २ अंक जोड्ने टोलीले पाँचौं स्थान बनाउने छ। 

नेपाली टोली अमेरिका र ओमनसँग सिरिज खेलेर फर्किए पछि यो सिरिजका लागि तयारी सुरु गरेको थियो। तर, नेपाल फर्किएर खासै तयारी गर्न नभ्याएको नेपालले क्यानडामा स्थानीय टोली र क्यानडाको टोलीसँग तयारी गरेको नेपालको तयारी भने बलियो देखिँदैन। यसले पछिल्लो समय उच्च लयमा देखिएको नामिबियालाई फाइदा हुनेछ। तर, सिरिजको पहिलो खेलमा नामिबियाले घरेलु टोलीसँग ७७ रनको फराकिलो हार ब्यहोर्दै सुरु गरेको हुँदा नेपाललाई आत्मविश्वास राम्रो हुनेछ।