कैलालीमा सबैका लागि पढाई कार्यक्रमको मिडिया संगको सिकाई आदानप्रदान तथा समिक्षात्मक गोष्ठी सम्पन्न

कैलालीमा सबैका लागि पढाई कार्यक्रमको मिडिया संगको सिकाई आदानप्रदान तथा समिक्षात्मक गोष्ठी सम्पन्न

कैलाली ।  आज युएस आईडि, ह्यान्डिक्याप ईन्टरनेस्नल र बिश्व क्षिक्षाको सहकार्यमा सर्वाङीण अपांगता बिकास समाज नेपाल , धनगढी, कैलाली द्वारा संचालित अपांगता भएका बालबालिकाहरुको क्षिक्षामा पहुँच अभिबृद्धी गर्न सबैका लागि पढाई कार्यक्रमको आयोजनामा जिल्ला स्थित मिडिया संगको समिक्षात्मक गोष्ठी सम्पन्न भएको छ ।

उक्त गोष्ठीमा सबैका लागि पढाई कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको १३ पालिकाका ५५४ बिधालयका पुर्ब प्राथमिक तह देखि कक्षा ३ सम्ममा अध्ययन गरिरहेका कार्यगत सिमितता भएका ३८,८८३ बालबालिकाहरु मध्ये ४४८८ जना बालबालिकाको सिमितता पहिचान गर्न सेवा प्रदायक निकायहरुले प्रतिबद्धता व्यक्त गरेका छन ।

वाशिङ्टन ग्रुप  प्रश्नावली अनुसार शंकामा परेका शारीरिक ,सुनाई सम्बन्धि समस्या, हेराई सम्बन्धी समस्या र मनोसामाजिक समस्या भएका बालबालिकाहरुलाई रेफेरल  सेवा दिने लक्ष्य उक्त रहेको आयोजक सस्थाले जानकारी दिनु भएको थियो ।

उक्त बैठकमा अन्नपूर्ण पोस्टका शिव राज भट्ट कान्तिपुका मोहन बुढाएर ,धनगढी पोस्ट एवं पत्रकार महासघ कैलालीका अध्यक्ष  हिमाल जोशी , सगरमाथामा टेलीभिजनका दिनेश बिष्ट ,दिनेश एफएमका कमल साउद र धनगढी खबरका समीर प्रशाद  भट्ट र अग्नी पोस्टका कैलाश जोशि लगायतको उपस्थिति रहेको कार्यक्रममा परियोजनाको प्रमुख उपलब्धि र भाबी योजनाको बारेमामा सिकाइ आदानप्रदान भएको थियोे भने उक्त कार्यक्रममा पत्रकारहरुले आफुहरुलाई न्युनतम भए पनि समाबेशी शिक्षा सम्बन्धि जानकारी हुनुपर्ने कुरा राख्नु भयो ।

पालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण बोहराले बृहत स्वास्थ सेवा नगरपालिकाले संचालन गर्ने र त्यस बेला सबैलाई समेत्ने अनि तत्काल धनगढी भित्रका सेवा प्रदायकहरुलाई सहज सेवा दिन पत्राचार गरि सहयोग गर्ने  , सारथि अस्पतालका डाक्टर निरज शाहले ओपिडी  पर्चा शुल्क मिनाहा गरि चेक जांच गर्ने , ईम्प्याकट नेपालका अधिकृत राम बहादुर बोगटीले पनि कानको जाच निशुल्क गर्ने र उपकरण भने किन्नु पर्ने बताउनु भयो भने  गेटा आखा अस्पतालका प्रतिनिधि देव राज पनेरुले आँखा जाँच गरेको बालबालिकालाई चस्मा निसुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो  , शिक्षा बिकास तथा समन्वय प्रमुख प्रताप धामीले स्थानीय तहले यो अभियानमा हातेमालो गर्नु पर्ने धारणा राख्नु भयो  , शिक्षा महाशाखा धनगढीका पुस्प राज भट्टले स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्ने बिचार ब्यक्त गर्नु भयो । डाक्टर धन बहदु,कार्की र  निसर्ग अस्पतालका काउन्सेलर रोहित गिरिले १० प्रतिशत छुटमा बालबालिकाको चेकजाँच गर्ने गरि सबैको सहमतिमा साझा सम्झौता बनाउनु पर्ने धारणा राख्नु भयो ।

यो परियोजनाले कैलाली जिल्लाको १३ पालिकाको ५५४ स्कुलमा हेड सर तालिम, प्रारम्भिक पहिचान तालीम , श्रोत बिधालयमा शैक्षिक सामग्री वितरण अपांगता भएका बालबालिकाहरुको तथ्यांक संकलन जस्ता कार्यक्रम सप्पन्न गरि रेफेरल सेवा तर्फ उन्मुख भएको र हाल सम्म ३६८ जनाको नियमित प्रक्रिया बाट र ५४० जनाको विशेषज्ञ टोलि सहितको मेडिकल टोलिले सेवा दिई सकेको  ६ जना अपांगता परिचयपत्र को लागि सिफारिस भएको र ५ जनाले चस्मा सहायक सामग्री प्राप्त गरेको विवरण सस्थाका कार्यकारी निर्देशक नन्दराज भट्टले जानकारी दिनु भयो ।

परियोजना सिनियर अधिकृत लोक राज पन्तले संचालक गरेको कार्यक्रम कार्यकारी निर्देशक नन्दराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, ह्यान्डिक्याप ईन्टरनेस्नलका चिप अफ  पार्टी शौरभ शर्मा र प्राबिधिक शान्तिको महत्त्वपूर्ण प्रस्तुति रहेको कार्यक्रममा १४जनाको उपस्थिति रहेको थियो ।