आइसिसी विश्वकप लिग–२ मा नेपालले आज स्कटल्याण्डको सामना गर्दै

आइसिसी विश्वकप लिग–२ मा नेपालले आज स्कटल्याण्डको सामना गर्दै

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे ग्लासगेस्थित टिटवुड स्टेडियममा सुरु हुनेछ ।

नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न सोचमा छ । तर, बलियो टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्याण्ड पनि नेपाललाई हराउँदै लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ । उसले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो ।

लिग–२ को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं छ । स्कटल्याण्ड २१ खेलमा ३० अंकका साथ दोस्रो स्थानमा छ ।