बिबाहित दाम्पतिले गरे बिद्यालय लाई आर्थिक सहयोग

बिबाहित दाम्पतिले गरे बिद्यालय लाई आर्थिक सहयोग

बैतडी : पुर्चौडी नगरपालिका वडा नं. ६, तिरकाली रहेको श्री महादेव माध्यमिक बिद्यालय लाई विवाह सम्पन्न भएकै दिन नयाँ दामप्तिले आर्थिक सहयोग गरेका छ्न । 

पाटन नगरपालिका वडा नं.९, हुक्केडाँडा टोलका नरेन्द्र महराले पुर्चौडी नपा ६ बस्ने धाना साउद संग असार २८ गतेका दिन वैवाहिक बन्धनमा बाधिएका थिए । दुलहिको  घरबाट जन्ती फिर्ताहुने क्रममा दुलहिले कक्षा १ देखि १० सम्म अध्ययन गरेको उक्त बिद्यालयको पठनपाठनमा टेवा  पुर्याउने हेतुले रु।पाँच हजार तीस रूपया नगद सहयोग गरेको दुलाहाका बुबा जगदीश महराले बताउन भएको छ । 

आजभोलि बिद्यालयमा बर्षे बिदा भएकाले बिद्यालयका शिक्षक जनक साउदको हातमा नगद सहयोग दिएको जनाएको छ । बिबाह भएकै दिन बालबालिकाको पढाइ प्रती चिन्तित भै सहयोग गरेकोमा बिद्यालय परिवारको तर्फबाट बधाई तथा शुभकामना दिदै सहयोग गरेको रकमको सहि सदुपयोग गर्ने र अरुका लागि पनि प्रेरणा हुने शिक्षक साउदले बताएको छ । 

२०५७ सालमा स्थापना भएको उक्त बिद्यालयको भौतिक संरचना जिर्णरहेको, कक्षा कोठामा पठनपाठन गराउन लायकका नभएको र बिद्यालय संग आवश्यक शैक्षिक सामग्री नरहेको अभिभावक हरुले गुनासो गरेका छ्न । 

बिद्यालयमा कक्षा कोठाको छानो उडाएको, कक्षा कोठा बस्नु लायक नभएको, २०७५र०७६ सालमा स्थापना भएको मल्टिस्टोर (चार कोठे) भवनको झ्यालढोका लगाउन, प्लस्तर तथा रंगरोगन गर्नु बाकी नै रहेको र बाहिरी संरचना हेर्दा दयनीय रहेकाले बिद्यालयको समग्र विकास संगस्ंगै बालबालिकाको सुरक्षित वातावरणमा पढन पाउने अधिकारलाई सुनिस्चित गरि नियमित पठनपाठन गराउन सम्बन्धित सरोकारवलाहरुले अनुगमन गर्नु अति आवश्यक रहेको देखिन्छ ।