फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिको प्रथम बैठक सम्पन्न

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिको प्रथम बैठक सम्पन्न

धनगढी । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको प्रथम समिति बैठक बुधबार धनगढीमा सम्पन्न भएको छ । समितिका अध्यक्ष सुवास वि शाहीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 

समितिले धनगढी उपमहानगरपालिकाभित्रको उपर्युक्त स्थानमा यथाशिघ्र कार्यालय स्थापना गर्ने, समितिका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयलाई सिफारिस गर्ने, डीपीआर तयारीका लागि कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गर्ने र डीपीआर तयारीका लागि परामर्शदाता छनोट गर्ने कार्य अघि बढाउँने, ईआईएको कार्य अघि बढाउँन कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनौटको कार्य अघि बढाउँने, समितिलाई चाहिने आगामी आव २०७९÷८० का लागि आवश्यक बजेट नेपाल सरकारबाट माग गर्ने लगायतका निर्णय गरिएको  छ ।

यस्तै, समितिको कार्यसुचि अन्तर्गत कार्यालय स्थापना, जनशक्ति व्यवस्थापन, वृहत आयोजना प्रतिबेदन(डीपीआर) तयारी, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारी, कोष व्यवस्थापन, बजेट माग लगायतका प्रस्तावमाथि छलफल भएको छ । समितिले धनगढी उपमहानगरपालिकाभित्रको उपर्युक्त स्थानमा यथाशिघ्र कार्यालय स्थापना गर्ने, समितिका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयलाई सिफारिस गर्ने, डीपीआर तयारीका लागि कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गर्ने र डीपीआर तयारीका लागि परामर्शदाता छनोट गर्ने कार्य अघि बढाउँने, ईआईएको कार्य अघि बढाउँन कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनौटको कार्य अघि बढाउँने, समितिलाई चाहिने आगामी आव २०७९÷८० का लागि आवश्यक बजेट नेपाल सरकारबाट माग गर्ने लगायतका निर्णय गरिएको जनाइृएको छ । 

उक्त समिति बैठकमा माननीय मन्त्री ज्यूले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम सुदूरपश्चिमको मात्रै नभई देशकै विकासको कोशेढुंगा रहेकोले सरकारले यसलाई उच्च प्राथमिकतामा राखि निर्माणकार्यलाई द्रूत गतीमा अघि बढाउँने प्रतिबद्धता जनाएका छन् । विकासमा राजनीति गर्न नहुने दोहोर्याउँदै उनले रंगशाला निर्माण अभियानमा जोडिन सम्पूर्णलाई आह्वान समेत गरेका छन् ।

यस्तै समितिका अध्यक्ष शाहीले सुदूरपश्चिमबासीले लामो समयदेखि देख्दै आएको फाप्लामा रंगशाला बनाउँने सपना साकार हुने कुराको सुरुवाति बैठकको रुपमा औल्याउँदै यस सपना साकार गर्न सबै तहका सरकार तथा आम जनताको सहयोगका लागि अपिल गरे ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दमोदर रेग्मीले पूर्वाधार निर्माण सम्बन्धि जारी गठन आदेशले नेपालमा विकास पूर्वाधार निर्माणको नयाँ मोडल परिकल्पना गरेकाले यो पूर्वाधार निर्धारित समयमा बन्ने कुरामा आफू ढुक्क रहेको बताए । 

यस्तै समितिका नवनियुक्त कार्यकारी निर्देशक शेर बहादुर बि.सी.ले सुदूरपश्चिम क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने पूर्वाधार निर्माण सम्बन्धि परियोजनाको मुख्य जिम्मेवारी सम्हाल्न पाउँदा खुशी लागेको बताउँदै यस अवसर र चुनौतीको सही सदुपयोग गर्दै समयमै सम्पन्न गर्ने कार्यमा  आफ्नो पूर्ण प्रतिबद्धता व्यक्त गरे ।

समितिका अध्यक्ष सुवास वि शाहीको अध्यक्षतामा बसेको बैठकमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री श्री महेश्वर जंग गहतराज (अथक) तथा मन्त्रालयका सचिव डा.दामोदार रेग्मीको समुपस्थितिमा समिति सदस्यहरु धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, समाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछाने, कैलालीका प्रमुख जिल््ला अधिकारी किरण थापा, शहरी विकास तथा भवन निर्माण विभाग संघीय कार्यान्वयन इकाईका डिभिजन प्रमुख प्रविण शाह, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, कल्पना दियाकोटी तथा सदस्यसचिव शेरबहादुर बि.सी.को उपस्थिति रहेको थियो ।