यस कारण मागेका थिए मेयर हमालले पत्रकार संग माफी

यस कारण मागेका थिए मेयर हमालले पत्रकार संग माफी

धनगढी  । धनगढी उपमहानगरपालिकाको नगरसभा बैठकबाट पत्रकार जनक विष्टलाई बाहिर निकालिएको घटनामा मेयर गोपाल हमालले आईतवार पत्रकारहरु संग माफी मागेका छन् । घटनालाई लिएर नेपाल पत्रकार महासंघ कैलालीको समन्वयमा आइतबार हमालकै कार्यकक्षमा भएको छलफलमा उनले उपमहानगरपालिकाका तर्फ  बाट आफुले गल्ती स्वीकार गर्दै माफी मागेका हुन् ।

पत्रकारलाई बाहिर निकाल्ने र सूचना नदिने उपमहानगरपालिकाको नीति होइन तर अघिल्लो नगरसभा बैठकमा असम्बन्धीत मान्छेहरु प्रवेश गरेकाले अरु मान्छेलाई प्रवेश गर्न नदिन निर्देशन दिइएको थिए । ’ हमालले छलफलमा भने, सोही क्रममा कर्मचारीले जानाजान नभएर अनजानमा बाहिर निकालेको घटनामा उपमहानगरपालिकाका तर्फबाट सम्पूर्ण पत्रकार ज्यूहरुसँग क्षमा माग्न चाहान्छु ।

उनले अगामी दिनमा उपमहानगरपालिकाले यस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाउदै नगरसभा बैठकमा पत्रकारलाई व्यवस्थित रुपमा प्रवेशको व्यवस्था मिलाइने बताए । गत असार २७ गते नगरसभा बैठक चलिरहेका बेला समाचार संकलनका लागि पुगेका बेला पत्रकार विष्टलाई आन्तरिक छलफल भएकाले प्रवेश नभएको भन्दै एक जना कर्मचारीले पाखुरा समातेर बाहिर निकालेका थिए । घटना भएको चार दिनपछि शुक्रबार विज्ञप्ति जारी गर्दै उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पत्रकारलाई बाहिर ननिकालिएको दाबी गर्दै घटनामा कुनै सत्यता नभएको जिकिर गरेका थिए । उपमहानगरपालिकाले घटना नै नभएको दाबी गरेपछि पत्रकार विष्टले छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली शाखामा निवेदन दिएका थिए । विष्टले महासंघमा निवेदन दिएपछि उपमहानगरपालिकाले पत्रकारलाई छलफलका लागि बोलाएको थियो । छलफलमा सहभागी ती कर्मचारीले समेत घटना स्वीकार गर्दै माथिल्लो तहको निर्देशनअनुसार पत्रकारलाई आफूले बाहिर जान अनुरोध गरेको बताएका थिए । पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले उपमहानगरपालिकाले ढिलै भएपनि गल्ती स्वीकार गदैै माफी मागेकोमा धन्यवाद दिदै अगामी दिनमा यस्ता घटना हुन नदिनतर्फ सचेत रहन आग्रह गरे ।

उनले उपमहानगरपालिकाले सम्पादन गर्ने हरेक सकारात्मक गतिविधिमा पत्रकार महासंघसहित सिङ्गो पत्रकार जगतको साथ, सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।