दलिय सहमतिमा नै सुदूरको बजेट अध्यारोमा पास भएको हो : मन्त्री रावल

दलिय सहमतिमा नै सुदूरको बजेट अध्यारोमा पास भएको हो : मन्त्री रावल

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट १ महिना पछि श्रावण १ गते  पास भएको छ । राजनितिक दलकै सहमतिमा १ गते पनि बजेट पास  नहुने देखिए पछि प्रदेश सभाका बैठक केही घण्टाको लागी स्थगित भएको थियो । आज आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको  प्रगती विवरण सार्वजनिक गर्ने कार्याक्रममा मन्त्री प्रकाश रावलले दलिय सहमतिमा नै सुदूरको बजेट अध्यारोमा पास भएका बताएका छन ।  

मन्त्री रावलले उक्त कार्याक्रममा बजेट पास भएको दिन सम्झीदै केही बेर १४ बुदे  सहमति भएकोले बजेट पास गर्न अध्यारो भएको बताए । बजेट पास गर्नमा केहि दिन ढिला भएको नै हो !  किन भने, “बजेट पास गर्ने भनेको मितिमा हाम्रा बिभिन्न पार्टीका केन्द्रिय भेला भएको  कारणले बजेट पास गर्नमा ढिलाई भएको मन्त्री रावलले बताए । ” उनका  अनुसार “हामीले कुनै पनि मन्त्रीहरुलाई लोभलालच नदेखाएर बजेट पास गरेका छौं, जुन बजार र सामाजिक संजालमा साँसदहरुलाई पैसामा किनेर बजेट पास गरेको भन्ने कुरा छ ! यो सबै हल्ला मात्रै भएको मन्त्री रावलले दावी गरेका छन  ।” 
प्रतिपक्ष दलका नेताहरुले बुझाएको १४ बुदे माग ल्याए पनि सोही माग कुनै सम्झौता नगरीकन आपसी सम्झदारीमा नै सहमती भएर हामीले बजेट पास गरेका हौं । मन्दिरमा बजेट धैरै परेको भन्ने प्रश्नमा, मन्त्री रावलले भने “सुदुरपश्चिममा पहाडी जिल्लाहरुका धेरै जस्ता मानिसहरुको बसोवास तराई कैलाली र कञ्चनपुर भएको र सबै मानिसहरुले आफ्नो देवताको पुजा पाठ गर्ने अथवा बिभिन्न  मन्दिरहरुलाई मान्ने भएकोले यसमा बढी बजेट परेको हो र मन्दिरमा बजेट हाली दिनु पर्यो भनेर थेग्नै नसकिने दबाब र्सिजना हुन थालेपछि बजेट बढीको मन्त्री रावलले बताएका छन ।” 

कुल बजेटको ५० प्रतिशत बजेट पुर्वाधारमा किन भने पछि, सबै मन्त्रीहरुले आफ्नो ठाउँको सडक,विद्यालय भवन,स्वास्थ्यका भवन, मन्दिर, बिभिन्न भवनहरु  निमार्ण गर्न र हामीलाई यसरी टिपेर दिए पछि हामीले बजेट हाली दिएका हौं ।