डोटीमा नयाँ प्रकृतिका घटनाहरु देखा पर्दै

डोटीमा नयाँ प्रकृतिका घटनाहरु देखा पर्दै

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीमा  पछील्लो समयमा नयाँ प्रकृतिका घटनाहरु पनि दर्ता हुने गरेको देखिएका छन् ।

जिल्ला प्रहरी कार्यालयको पछिल्लो आर्थिक तीन वर्ष यताको तथ्यांक अनुसार अपराधिक गतिविधिहरुसंग सम्बन्धित आर्थिक वर्ष २०७८र०७९ मा केही नयाँ प्रकृतिका घटनाहरु थप भएका छन् । 

जिल्ला प्रहरीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६र०७७ जम्मा १ सय १ वटा घटनाहरु प्रहरीमा दर्ता भएका थिए । जस अन्तर्गत खुन कर्तन्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, बहुविवाह, बालविवाह, झुण्डीयर आत्महत्या, अभद्र ब्यवहार लगाएका विभिन्न प्रकृतीका घटनाहरु रहेका थिए । 

त्यस्तै आर्थिक वर्ष २०७७र०६८ मा पनि जम्मा १ सय ३९ वटा घटनाहरु प्रहरीमा दर्ता भएका छन् । जस अन्तर्गत अघिल्लो आर्थिक वर्षमा देखिएका जस्तै प्रकृतीका घटनाहरु रहेका छन् । जसमा खुन कर्तन्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, बहुविवाह, बालविवाह, झुण्डीयर आत्महत्या, अभद्र ब्यवहार लगाएका घटनाहरु मुख्य हुन् । 

तर आर्थिक वर्ष २०७८र०७९ मा पनि जम्मा १ सय ३९ वटा घटनाहरु प्रहरीमा दर्ता भएका छन । घटनाको संख्या हेर्दा अघिल्लो आर्थिक वर्षको हाराहारीमा घटनाहरु प्रहरीमा दर्ता भएका भएपनि केही नयाँ प्रकृतिका समेत रहेका छन् । 

जिल्ला प्रहरीको तथ्यांक अनुसार खुन कर्तन्य ज्यानमा ६  वटा, ज्यान मार्ने उद्योग ३ वटा, विष खायर आत्म हत्या ५ वटा, झुण्डीयर आत्म हत्या १८ वटा, हाम फालेर आत्म हत्या १ वटा, करेन्ट लागेर १ वटा, जबरजस्ती करणीका २० वटा रहेका छन् ।

त्यस्तै जबरजस्ती करण उद्योग १ वटा, ज्यान सवार कसुर २ वटा, चोरी ४ वटा, हातहतियार खरखजना सम्बन्धी २ वटा, बाल यौन दुर ब्यवहार १ वटा, आत्महत्या दुरुत्साहन २ वटा,  जुवा सम्बन्धि ४ वटा, आपराधिक उद्योग १ वटा, नागरिकता प्रमाण पत्र सम्बन्धी २ वटा, बहुविवाह सम्बन्धि २ वटा, लागूऔषध १ वटा, अभद्र ब्यवहार २४ वटा, सवारी दुर्घटना १० वटा, भबितब्य ज्यान १४ वटा, फुटकर ज्यान ५ वटा, नक्कली परीक्षार्थी सम्बन्धी ५ वटा घटनाहरु प्रहरीमा दर्ता भएका देखिएका छन् । 

अरु वर्षको तुलनामा यस वर्ष नयाँ प्रकृतीका नक्कली परीक्षार्थी र नागरिकता प्रमाण पत्र सम्बन्धी र वैवाहिक करणीका नयाँ घटनाहरु देखा परेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए ।

पछिल्लो समयमा केही अपराधिक गतिविधिका घटनाहरुसंगै नेपाल प्रहरीमा भर्ना हुदाँ नक्कली परीक्षार्थी सहभागि हुने, नागरिकतामा उमेर घटाउने, बढाउने केरमेट गर्ने, श्रीमान श्रीमतीबीच दुबैको मन्जुरी बिना श्रीमानले मदिरा सेवन गरी जबरजस्ती गर्ने केही नयाँ घटनाहरु दर्ता भएको जोशीले जानकारी दिए । समुदायमा हुने अधिकांश घटनाहरु कमसल क्वालीटीको मदिरा सेवनको प्रचलन बढ्दो छ, ती ब्यक्तिहरुबाट विभिन्न प्रकृतीका घटनाहरु हुने गरेको उनले बताए । 

समाजमा हुने गरेका विभिन्न अपराधीक गतिविधिलाई न्यूनिकरण गर्न स्थानीय सरकार, सरोकारवाल निकाए सबैको सहयोग र जिम्मेबारी उक्तीकै रहेको र कुनै त्यस्ता घटना भईसकेपछिको अवस्थामा प्रहरीको अनुसन्धान कार्यलाई सबैले सहयोग पुर्याउनु पर्ने समेत प्रहरी निरीक्षक जोशीले बताए । 

डोटी जिल्लामा हुने अपराधिक गतिविधीहरुलाई न्यूनिकरण गर्न प्रहरी प्रशासनले विभिन्न किसीमका कार्यक्रमहरु संचालन गर्दै आईरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । डोटी जिल्लामा त्यस्ता ठुला अपराधीक गतिबीधीहरु त भएका छैनन् तर पनि पछिल्लो समयमा मदिरा सेवनका कारण केही ब्यक्तिहरुले अकालमै ज्यान गुमाउ परेको बताइन् ।

समाजमा हुने गरेका विभिन्न खालका घटनाहरुलाई न्यूनिकरण गर्न स्थानीय सरकारले मदिरा बिक्री बितरण, स्थान, समयको ब्यवस्थापन गर्नुपर्ने, समुदायमा रहेका आमा समुह, बालक्लब, युवा क्लब, जागरुक समुहले निग्रानी बढाई खबरदारी गर्न सके सभ्य र शान्त समाज निमार्णमा सहयोग पुग्ने समेत प्रजिअ श्रेष्ठको भनाइ छ । प्रहरी प्रशासनले समुदाय, टोल र बिद्यालय स्तरमा विभिन्न किसीमका सचेतीकरण अभियान संचालन गरिरहेको समेत श्रेष्ठले जानकारी दिइन् । नक्कली परीक्षार्थी र नागरिकता प्रमाण पत्र सम्बन्धी घटनाको हकमा कानुन बमोजिम कारबाही हुने कसैलाई छुट नहुने  समेत प्रजिअ श्रेष्ठले बताईन् । 

जनताको जिउ ज्यानको सुरक्षा र सभ्य समाज निमार्ण गर्ने सवालमा सरकार जहिले पनि जिम्मेबार हुनुपर्ने डोटी बहुमुखी क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले बताए । उनले भने पछील्लो समयमा हाम्रो ग्रामीण समाजमा मदिराका कारण दिनानु दिन अपराधीक घटनाले प्रसय पाईरहेकोले यता तर्फ सबैको ध्यान जान आवश्यक छ घर परिवारमा अभिभावकले जथाभाबी मदिरा सेवन गर्दा अहिलेका बालबालिकाहरु खाली बोतल भेटाउनासाथ पानि राखेर मदिरा खाएको अभिनय गर्ने गर्दा पनि मदिराले बिकृत ब्यापक रहेको पाईन्छ । 

ग्रामीण क्षेत्रमा रहेका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोष्ठमा कार्यरत प्रहरी कर्मचारीहरु पनि स्थानीयहरु संगै जुवा तास खेल्ने, मदिरा सेवन गर्ने जस्ता विभिन्न घटनाहरुमा संलग्न हुने प्रहरीलाई आरोप आउदा मदिरा ब्यवस्थापनको पाटो फितलो रहेको उनले बताए । 

स्थानिय सरकारले पछिल्लो समयमा मदिरा निषेधित क्षेत्र, पालिका, वडा घोषणा गर्नुका साथै कार्यान्वयमा जोड दिनुपर्ने नियम बिपरीत मदिरा बिक्री बितरण र सेवन गर्नेलाई कडा कारबाही गर्नुका साथै नियमकारी निकाएले पनि आफ्नो भूमिका निबार्ह गरी मदिरालाई ब्यवस्थापन गर्न सके समाजमा हुने गरेका महिला हिंसा, आत्महत्या, अपराधिकक गतिविधिमा समेत सहयोग पुग्ने सुझाव समेत दिएका छन् ।