सुत्केरी महिलाको मृत्यु भए पछि सेती अञ्चल अस्पतालमा प्रस्तुति गराउन आउनेको संख्या घट्यो

सुत्केरी महिलाको मृत्यु भए पछि सेती अञ्चल अस्पतालमा प्रस्तुति गराउन आउनेको संख्या घट्यो

धनगढी : सुदुर पश्चिमै रेफरल अस्पताल मानिएको सेती अस्पतालमा प्रसुति सेवाका लागि आउने महिलाहरुको संख्या घट्न थालेको छ ।

अस्पतालमा केही दिन अघि एक महिलाको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि जटिल अवस्थाका बिरामीहरुलाई अस्पतालले नै भनाई लिन मानिरहेको छैन भने केही बिरामीहरु आफै पनि सेती अस्पताल जान छाडेका छन् ।

सेती अस्पतालमा प्रसुति सेवा का लागि अस्पताल भर्ना हुन आउने महिलाहरुको संख्या आधाले घटेको छ । केही दिन अगाडि सामान्य रुपमा बच्च जन्माउन नसकेर शल्यक्रिया गरिएकी धनगढी उपमहानगरपालिका १२ जुगेडा घर भएकी महिला रेखा थापाका मृत्यु पछि उत्पन्न विवाद त समाधान भयो, तर त्यसले अस्पतालमा आउने बिरामीको संख्या भने घटाइदिएको छ ।

अस्पतालमा दैनिक २० देखि २५ जना महिला प्रसुति सेवाका लागि भर्ना हुने गरेकोमा एक हप्ता अगाडिको घटनापछि अस्पतालमा सेवा लिने महिलाहरुको संख्या घटेर दैनिक १० देखि १२ जनामा सीमित भएको छ । केही महिना यता गुणस्तर खस्कदै गएको आरोप लागेको अस्पताल पछिल्लो समय थप अस्तव्यस्त बन्दै गएको छ ।

प्रसुति गराउन भर्ना भएका महिलाको उपचारमा लापरवाहीका घटना बढेपछि निजि अस्पतालमा जानेको संख्या पनि बृद्धि भएको छ ।

एक हप्ता अघि मृत्यु भएकी रेखाका आफन्तले डाक्टरको लापर्वाहीले ज्यान गएको बताए पनि अस्पतालले भने सामान्य अवस्थामा रहेकी महिलामा जण्डिसको समया पनि रहेका कारण उनमा थप सममस्या देखिएको र उपचारका लागि अन्यत्र रेफर गरेको बताइरहेको छ ।

सो घटनापछि सेवाग्राहीले बिश्वास घटेको बताएका छन । धनगढीको उत्तर बेहडीबाट श्रीमतीको सुत्केरी गराउन सेती अस्पतालमा आएका टेक पडालले अस्पतालमा गुणस्तरीय सेवाको कमी भएको बताएका छन । डाक्टरले सेवा दिने कुरामा कहिलेकाही मानबीय त्रुटी हुने गरेपनि त्यस्ता घटना दोहोरीन नदिन हरेक विरामीको उपचारमा चिकित्सकहरुले गम्भीर ध्यान दिनुपर्ने बताए ।

सेती अस्पतालमा कार्यरत डाक्कर सहित अन्य स्वाथ्यकर्महरु मेतको शेयर लगानीमा धनगढीमा बिभिन्न निजी अपतालहरु खुलेका छन । उच्च स्तरीय नभएपनि अस्पतालले बिगतमा राम्रै सेवा दिएको थियो । बाहिर निजी अस्पतालमा लगानी गरेका डाक्टर अन्य स्वास्थ्यकर्मीहरु सरकारी अस्पतालमा कम गुणस्तरको सेवा दिएर बिरामीहरु निजी अस्पताल तर्फ धकेल्ने र उनीहरुबाट चर्को शुल्क असुल्ने अभियानमा रहेको सेती अस्पतालमा बिरामी लिएर आएका एक जना कुरुवाले बताए ।

उनले आफ्नो नाम बताउन नचाहेका ती बिरामी कुरुवाले आफुलाई समेत दुई दिन अघि एक डाक्टरले धनगढीमै हालैमात्र सञ्चालनमा आएको एक निजी अस्पतालमा जान भनेको बताए । सेती अस्पतालमा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट उपचारका लागी बिरामी आउने गरेका छन् ।

सेती अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डाक्टर हेमराज पाण्डेले केही दिन अगाडि भएको घटनाले आम सर्वसाधरणको मनोवल घटेको बताउछन । उनले भने जटिल केशको पनि जोखिम लिनुपर्ने भएकाले कहिलेकाँही दुखद घटना हुने गरेकोले सेवा दिन नसकेको र अरु सामान्य डेलीभरीको काम गरिरहेको बताए ।

बिभिन्न सञ्चार माध्यममा अस्पतालका बारेमा गलत सुचना गएकाले प्रसुती गराउनेको सँख्यामा कमी आएको अस्पतालले स्वीकार गरेको छ ।

यता प्रसुती वार्डकी नर्सिङ ईन्चार्ज सुनिता खत्रीले भने केहीदिनको अघिको आन्दोलनले सर्वसाधारणमा त्रास बढेकाले पनि पहिले भन्दा केही घटेको र अहिले फेरी आउने क्रम बढ्दै गएको बताउछिन । अस्पतालमा भौतिक पुर्वाधारको अभाब रहेकोले सबै जिल्लाबाट जटिल कार्य आउने भएकाले पनि सेवामा कमजोर हुदै गएको हो ।

उनका अनुसार बैशाख देखि चैत्र महिनासम्म केहीको जटिल केश भएकाले ३ जनालाई बचाउन नसकेको बताईन । सुदुर पश्चिमका सबै जिल्लाबाट यस अस्पतालमा  आउने भएकाले अस्पतालको व्यवस्थापन र अस्पतालको कमी कम्जोरीलाई हटाई सर्वसाधरणको मनोवल बढाउन तर्फ प्रशाशनले लाग्न जरुरी छ ।