सरकारी अस्पतालमा स्वास्थ्य अवस्था प्रभाबकारी नभएकोमा सरोकारवालाद्धारा चिन्ता व्यक्त

सरकारी अस्पतालमा स्वास्थ्य अवस्था प्रभाबकारी नभएकोमा सरोकारवालाद्धारा चिन्ता व्यक्त

सुदुरपश्चिम प्रदेशमा सरकारी अस्पतालमा स्वास्थ्य अवस्था प्रभाबकारी नभएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन ।

शुक्रबार राष्ट्रिय मानब अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले आयोजना गरेको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

प्रदेशमा सरकारी अस्पतालमा जनशक्तिको अभाव र सरकारको लगानी पनि कम हुदाँ अस्पतालहरुले जनतालाई प्रभावकारी सेवा प्रदान गर्न नसकेको उनीहरुको निष्कर्ष छ । सहभागीहरुले सरकारले स्वास्थ्यमा लगानी गरे पनि प्रभावकारी हुन नसकेको बताएका छन ।

प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा विषेश कार्यक्रम ल्याउन सहभागीहरुले विशेष जोड दिएका छन । अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुले विरामीहरुलाई व्यवहार पनि राम्रो नगर्ने गर्ने गरेको उनीहरुले बताएका छन । सरकारी अस्पताल भन्दा नीजि अस्पतालहरुले प्रभावकारी सेवा दिइरहेको निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तले दावी गर्नुभयो । उहाँले सरकारी अस्पतालले पनि प्रभावकारी सेवा दिनुपर्ने बताउनुभयो ।

नेपाल सरकारले जनताको स्वास्थ्यलाई मौलिक अधिकार को रुपमा व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोग सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख झंकर रावलले बताउनुभयो ।

सरकारले मानवको स्वास्थ्यको लागी कानुन बनाए पनि कार्यान्वयन नगर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो । अब प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा विषेश कार्यक्रम ल्याउन उहाँले आग्रह गर्नुभयो ।