बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, १७ घाईते

बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, १७ घाईते

लघुवामा सडक खण्डमा आइतबार बस दुर्घटना भएको छ ।

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

अहिलेसम्म ६ जनाको शव फेला परेको घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका(२ का वडाध्यक्ष ओमप्रसाद पोखरेल ले बताएका छन। 

गाडीभित्र अरू कति यात्रु छन्‘ १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाएको  वडाध्यक्ष ओमप्रसाद पोखरेले बताए ।
मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ। बस सडकबाट डेढ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको उनले जानकारी दिए।  दुर्घटनाको कारण भने खुलेको छैन।