प्रबास नेपाली संघ भारत माहाराष्ट राज्य नगर समिती अध्यक्षमा ढुङ्गाना

प्रबास नेपाली संघ भारत माहाराष्ट राज्य नगर समिती अध्यक्षमा ढुङ्गाना

नेकपा एमाले को भात्रि संगठन प्रबास नेपाली संघ भारत माहाराष्ट राज्य अन्र्तगत औरंगाबाद नगर समीटीको बिस्तारित बैठक बाट दुर्गा प्रसाद ढुङ्गाना सर्बसम्बत अध्यक्षमा चयन भएका छन।

शनिबार नगर समीटीको बिस्तारित बैठकले ढुङ्गाना लाई अध्यक्षतामा चयन गरिएको थियो। यस भन्दा पहिले अध्यक्ष रहेका डबल बि क लाई संगठनको नियम बिरुद्ध काम गरेको भन्दै कारवाही गरि यस अघि सहसचिव रहेका दुर्गा प्रसाद ढुङ्गाना लाई अध्यक्ष बनाइएको सल्लाहकार सदस्य नवराज ढुङ्गानाले जानकारी दिए।

यस्तै सचिव बिशाल सुनार लाई पनि संगठन को बिरुद्धमा काम गरेको भन्दै कारबाही गरि सचिवमा कार्य समिति सदस्य टेक बा बम लाई चयन गरिएको ढुङ्गानाले बताए। ढुङ्गाना अध्यक्षमा चयन भए पछि सहसचिवमा टेकराज भण्डारी लाई चयन गरिएको छ। भने अन्य पदाधिकारी यथावत रहेको बताईएको छ।

कार्य समितिका उपाध्यक्ष राजेश जोशी को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिती संघका केन्द्रीय उपाध्यक्ष डम्मर रावल रहनु भएको थियो भने बिसीष्ट अथितीमा केन्द्रिय सदस्य निर्मल कुमार सार्की रहेका छन। अथिति मा राज्य समिति सदस्य हर्क कुँवर, भिमा जोशी,तुला बि क शुक्रमान तामाङ्ग,खेमा जोशी सल्लाहकार अध्यक्ष हिरालाल जोशी तथा सल्लाहकार समिति सदस्य नवराज ढुङ्गाना रहेका छन ।