एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भण्डारी राप्रपामा प्रवेश

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भण्डारी राप्रपामा प्रवेश

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य राजेश भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । बुधवार धनगढीमा राप्रपा कैलालीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा भण्डारीले एमाले परित्याग गरेर राप्रपामा प्रवेश गरेका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको हातबाट टिका ग्रहण गर्दै उनले पहिले पनि आफू राप्रपामै रहेको र अहिले कम्युनिस्टहरू ले झुटको खेती गर्न लागेको भन्दै पुनः राप्रपामै फर्किएको बताएका छन् ।  

लिङ्देन सहभागी उक्त पार्टी प्रवेश कार्यक्रममा भण्डारी सँगै आज विवेकशील साझा पार्टी परित्याग गरेर प्रदेश प्रवक्ता दानबहादुर रावल, प्रदेश सचिवालय सचिव मोहनराज शर्मा, विश्व हिन्दु युवा संघका प्रदेश प्रमुख एवं नेपाली काँग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि सम्राट सिंह, नेपाली काँग्रेसका डिल्लीराज अवस्थी लगायतका नेता कार्यकर्ताहरू ले सयौँको सङ्ख्यामा राप्रपा प्रवेश गरेका छन्।