आज विश्व बाघ दिवस, बाघको सङ्ख्या सार्वजनिक गरिँदै

आज विश्व बाघ दिवस, बाघको सङ्ख्या सार्वजनिक गरिँदै

धनगढी । आज विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसर पारेर आज नेपालमा बाघको सङ्ख्या र अवस्था सार्वजनिक गरिँदैछ ।

नेपालले झन्डै एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ भित्र नेपालमा बाघको सङ्ख्या दोब्बर बनाउने  प्रतिबद्धता जनाएको थियो । सन् २००९ मा भएको गणना अनुसार नेपालमा बाघको सङ्ख्या १ सय २१ थियो । सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २ सय ३५ पुगेकाले प्रतिबद्धता पूरा हुने अनुमान छ । 

आज दिउँसो ३ बजे सङ्ख्या बाघको सङ्ख्या र अवस्थाबारेको प्रतिवेदन सार्वजनि गर्ने तयारी भएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिएका छन। नेपालले गएको मंसिरदेखि फागुनसम्म बाघ गणना गरेको थियो । सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २ सय ३५ पुगेकाले प्रतिबद्धता पूरा हुने अनुमान छ । 

 नेपालमा बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्या बढाउनु पर्नेमा जोड दिदै दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना  दिएकी छन ।