धनगढीमा  मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

धनगढीमा  मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

धनगढी । धनगढीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृतयु भएको छ ।  छाडा पशु चौपाया संग मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका – १३ राजपुरमा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको मोटरसाइकलले छाडा पशु चौपायालाई ठक्कर दिदाँ धनगढी विशालनगरका ५५ वर्षीय निर्मल हमालको मृत्यु भएको हो । उनी मोटरसाइकलको पछाडी सवार थिए ।

से ६ प ८०२८ नम्बरको मोटरसाइकलले छाडा चौपायालाई ठक्कर दिदा चालक धनगढी विशालनगरका ४४ वर्षीय विरेन्द्र शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको  । घाईते शर्माको सेती प्रादेशिक अस्पताल धनगढी उपचार हुँदै  छ ।