गृहमन्त्री खाण र  प्रचण्ड बिच भेटबार्ता

गृहमन्त्री खाण र  प्रचण्ड बिच भेटबार्ता

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

दाहाल निवास खुमलटारमा  गृहमन्त्री र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल भएको गृहमन्त्रीको सचिवालयले बताए ।

भेटमा संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक र आगामी चुनावबारे छलफल भएको थियो।

संघीय र प्रदेश सभा सदस्य निर्वाचन मिति घोषणा लगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ।