एसपीपी कार्यान्वयन नगर्ने  :  परराष्ट्रमन्त्री

एसपीपी कार्यान्वयन नगर्ने  :  परराष्ट्रमन्त्री

काठमाडौँ ।  परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभामा शुक्रबार जानकारी दिँदै मन्त्री खड्काले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिका सरकारलाई लिखित जानकारी पठाइएको जानकारी संसद्लाई दिएका हुन् ।

पत्राचारको विषयमा अन्तरिक परामर्शका कारण केही समय लागेको हो । स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति अपनाएर कसरी राष्ट्रिय हित हुन्छ भन्नेबारे सरकार सक्षम रहेको पनि खड्काले बताए। नेपाल सरकारले वैदेशिक सहयोग स्वीकार गर्दा मुलुकको सर्वोपरी हितलाई प्राथमिकता राख्ने गरेको भन्दै परराष्ट्रमन्त्री खड्काले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए ।