नागरिकता विधेयकबाट सबै भन्दा बढी खतरा मधेसलाई छ, राष्ट्रपतिले फिर्ता गर्नु पर्छ : ज्ञवाली

नागरिकता विधेयकबाट सबै भन्दा बढी खतरा मधेसलाई छ, राष्ट्रपतिले फिर्ता गर्नु पर्छ  : ज्ञवाली

धनगढी । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले संसद् बाट पारित गरेको नागरिकता  विधेयक राष्ट्रपतिले फिर्ता गर्नु पर्ने बताएका छन् । शुक्रवार धनगढीमा आयोजना गरीको पत्रकार सम्मेलनमा ज्ञवालीले यस्तो बताएका हुन । 

विदेशी छोरी नेपाल आएर बिहे गर्ने बित्तिकै नेपाली नागरिकता दिने कुरा कदापि ठिक नभएको उनको भनाई छ ।  उनेले आज बिहे गर्ने भोलि नेपाली नागरिकता पाउने र पर्सी गएर सम्बन्ध विच्छेद गर्ने लहर भल्यो भने यसको जिम्मेवारीकोले लिन्छ भनी प्रश्न समेत गरेका छन् ।  

नागरिकता विधेयकले गर्ला सबै भन्दा बढी मधेसका नागरिक समस्यामा र अल्पमतमा पर्ने नेता ज्ञवालीको तर्क छ । ''विदेशबाट विवाह गरेर नेपाल आउने बित्तिकै उनीहरूले नागरिकता पाउँलान तर उनीहरूलाई नेपाली भूमिका माया हुँदैन किन भने उनीहरूले पहिले नेपालको रहन सहन सिकेको हुँदैनन् । संस्कृति बुझेको हुँदैन त्यसैले उनीहरूलाई आफू जन्मेको माटोको माया हुन्छ । जब सम्म नेपालको माया हुँदैन तब सम्म उनीहरूलाई नागरिकता दिनु हुँदैन । नागरिकता विधेयकले मधेसबाट खतरा हुने सम्भावना बढी छ । यसरी नेपालका रैथाने मधेसमा बसोबास गरेका व्यक्तिहरू अल्पमतमा पर्ने र अन्य देशका विशेष गरी भारत नेपालमा विवाह गर्ने चलन भएकाले त्यहाँ गलत मानसिकताले कसैले बिहे गर्छ भने त्यो खतरनाक हुन जान्छ ।'' उनले भने । 

पार्टीले निर्णय नगरेको भए पनि आफ्नो आसा भने राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु नै उत्तम हुने बताए । 

यस्तै, ज्ञवालीले नागरिकता नपाएका नेपाली नागरिकता पाउनु पर्ने तर नागरिकता पाउने प्रावधान हरू खुकुलो पारिन नहुनेमा आफ्नो स्पष्ट धारण रहेको बताए ।