आज नेपालमा ५ सय ७७ जनामा कोरोना पुष्टि, २ जना को मृत्यु

आज नेपालमा ५ सय ७७ जनामा कोरोना पुष्टि, २ जना को मृत्यु

धनगढी ।  पछिल्लो २४ घन्टामा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ४२८२ नमूना परीक्षणमा ५७७ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २४७४ नमूनाको पीसीआर र र१८६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ३९१ र एन्टिजेनबाट १८६ जनामा कोरोना देखिएको हो। कोरोनाबाट आज थप २ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार शुक्रबार थप २६९ जना कोरोनामुक्त भएका भएका छन्। कोरोना सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा २८ हजार २५६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।