राप्रपा प्रदेश ७ को बैठक सम्पन्न

राप्रपा प्रदेश ७ को बैठक सम्पन्न

धनगढी  । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेश समिति काे बैठक सम्पन्न भएको छ । अध्यक्ष श्याम बहादुर शाहीको अध्यक्ष्ातामा भएको बैठकले ७ नम्बर प्रदेशको समग्र समृद्धि र विकास, शान्ति सुरक्षा र युवा राेजगारीका लागि राज्यसँग जाेडदार माग गरेको छ ।

बैठकले कञ्चनपुरमा भएको बालिका हत्याको घाेर भर्त्सना र निन्दा गर्दै अपराधी १ हप्ता भन्दा बढी समयसम्म पक्राउ नपरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै सरकारलाई त्यसतर्फ गम्भीरता देखाउन दबाब दिने निर्णय गरेको छ ।

सरकारले गरिरहेकाे क्रमिक मुल्यबृद्धिले जनजीवन अाक्रान्त भएको भन्दै बैठकले जनताको दैनिक जीवन सहज बनाउन मूल्य वृद्धि तत्काल राेक्न माग गरेको राप्रपा ७ नम्बर प्रदेशका प्रवक्ता हेमबाबु लेखकले जानकारी दिएका छन् ।