कैलालीमा बिद्यार्थी बिच बिवाद हुदा चक्कु प्रहार

कैलालीमा बिद्यार्थी बिच बिवाद हुदा चक्कु प्रहार

धनगढी । कैलालीको घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु सुखड देखी मसुरिया आउने क्रममा सर्बजनिक बसमा बिवाद हुदा चक्कु प्रहारबाट दुई जना घाईते भएका छन् ।

घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत गौरीगंगा ८ बढैपुरका सागर सुनारलाई सार्बजनिक बसमा घर फर्कने क्रममा गौरीगंगा ९ का सुनिल आउजी र गौरीगंगा ५का पुष्कर भाटले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता बेदप्रकाश जोशीले धनगढी खबरलाई जानकारी दिए । चक्कु प्रहार गर्ने दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । घाईते सागर सुनारको घाटी, हात र खुट्टमा चोट लागेको छ । उनको पहलमानपुर पोलिकिल्नीकमा उपचार भैरहको छ ।

बसमा सबार बर्दगोरीया १का जुद्ध साँउदको झडप नियन्त्रण गर्न खोज्दा हातमा चोट लागेको छ । चक्कु प्रहार गर्ने आउजी र भाट फरार रहेका छन् ।