पश्चिम सेती चार सय केभी विद्युत प्रसारण लाइन भारतीय ऋणमा निर्माण हुँदै

पश्चिम सेती चार सय केभी विद्युत प्रसारण लाइन भारतीय ऋणमा निर्माण हुँदै

धनगढी । पश्चिम सेती चार सय केभी क्षमताको विद्युत प्रसारण लाइन बन्ने भएको छ । चार सय केभी क्षमताको प्रसारण लाइन भारतीय ऋणको सहयोमा  बन्ने भएको हो । चैनपुर–वनलेख–न्यु अत्तरिया डबल सर्किट प्रसारण लाइन निर्माणका लागि लाइन अफ क्रेडिट (एलओसी) अन्तर्गत भारत सरकारले ऋण दिनेछ। सुदूरपश्चिममा रहेको पश्चिमसेती आयोजना भारतीय सरकारी कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी)लाई असार ६ गते नेपाल सरकारले   दिने निर्णय गरेको थियो।

उक्त आयोजना अस्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजेले बनाउन सकेको थिएन ।  आयोजना सम्भाव्यता अध्ययनको ४० वर्षपछि भारतीय ऋणमा बन्ने भएको हो। उक्त प्रसारण लाइन निर्माणका लागि एक महिनाअघि नै अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवालीले जानकारी दिएका छन।

अगस्टबाटै टेन्डर आह्वान गर्दा पनि तीन महिना लाग्ने र बाँकी तीन महिनामा निर्माणको प्रक्रियामा अघि बढ्ने योजना छ। सन् २०२३ को सुरुबाट काम सुरु हुने ज्ञवालीले बताए। १२ सय मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनालाई केन्द्रमा जोड्न यो प्रसारण लाइन महत्त्वपूर्ण मानिएको छ । प्रसारण लाइनको लागत १४ अर्ब अनुमान गरिएको छ।

१ सय ५० किलोमिटरको प्रसारण लाइन लम्की बरेलीमा जोडिने छ। कञ्चनपुरको न्यु अत्तरियाको दैजी  जोड्ने प्रस्ताव गरिएको छ। त्यहाँबाट पूर्व-पश्चिमको लिंक आउने बताएको छ । पश्चिम सेती आयोजना मात्रै १२ सय मेगावाट क्षमताको छ। त्योसँगै पश्चिम सेती करिडोरमा थप ७ सय मेगावाट आयोजना निर्माण हुँदैछ।