कर्णाली प्रदेश सरकारको १६ किमि सडक पिच गरेको प्रगति विवरण सार्वजनिक

कर्णाली प्रदेश सरकारको १६ किमि सडक पिच गरेको प्रगति विवरण सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रगति विवरण १६ किलोमिटर सडक कालोपत्रे गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । सबै भन्दा ठूलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक, पुल, जनता आवास, यातायात कार्यालय लगायतका ठूला विकासका काम गर्दै आएको छ । यस्तै ५४ करोड रुपैयाँ बेरुजु रहेको सो कार्यक्रममा जानकारी गराएको छ ।

यस्तै आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रगति विवरण सबै मन्त्रालयले तथा प्रदेश स्तरका कार्यालयले सार्वजनिक गरिरहदा प्रदेशका सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक कालोपत्रे गरेको ११३ किलोमिटरग्रावेल , नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ । त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्मचारीको काम गर्ने स्प्रीड सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षमा त्यस्ता गल्ती दोहोर्‍याउन  आग्रह गर्दै सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्रीले प्रश्न समेत गरेका थिए ।