आज सुनको भाउ ७ सय रुपैयाँले बढ्यो

आज सुनको भाउ ७ सय रुपैयाँले बढ्यो

धनगढी । सुनको भाउ फेरि ७ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हिजोको भन्दा ७ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।