बाजुरामा डाक्टर नहुँदा समस्या, आनाकानी गर्दै  मन्त्रालय

बाजुरामा डाक्टर नहुँदा समस्या, आनाकानी गर्दै  मन्त्रालय

बाजुरा । जिल्ला अस्पताल बाजुरामा एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक नहुदा समस्या भएको छ । सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहदै आएको छ । 

बडिमालिका नगरपालिका १ बस्ने २० बर्षयी सुजाता रोकायालाइ अस्पताल बाजुराले रिफर गरयो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लिन पनि धेरै सकस भयो । अस्पतालमा एमडीजिपि तथा बिशेषज्ञ डाक्टर भएको जिल्ला अस्पताल उपचार हुने थियो, एमडीजिपि चिकित्सक नहुदा जिल्ला बाहिर पठाउनु परेको अस्पतालका एक चिकित्सकले वताए ।
जिल्ला अस्पताल बाजुरामा ३ बर्ष देखी एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक नहुदा सुजादा जस्तै धेरै बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहदै आएको छ । ३ बर्ष पहिला स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटलले जिल्ला अस्पताल बाजुरामा एमडीजिपि चिकित्सक डा.दुर्गा मर्हजन थिए । उहाँ गइसकेपछि नयाँ कोही नआउदा बाजुराबासीले समस्या भोग्दै आएका छन् ।

भौगोलिकट बिकटता र स्वास्थ्य सेवा बाट बिमुख रहेको बाजुरामा स्वास्थ्य मन्त्रालयले पनि बाजुरा एमडीजिपि पठाउन निकै आनाकानी गरिरहेको छ । बर्षमा छात्रबृत्ति बाट २० जना बढी एमडीजिपि उत्पादन हुने गरेका छन् । अहिले पनि १८ जना रहेका थिए, तर बाजुरामा एक जना नपठाएको मन्त्रालयको एक स्रोतले वताएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिब रोशन पोखरेलले बाजुरामा डाक्टर बिस्तारै पठाउने बताए । उनले बाजुरामा किन एमडीजिपि चिकित्सक किन नपठाएको भन्दा उल्टै आनाकानी गरेका छन् । बाजुरामा चिकित्सक पठाउन राज्यले चासो नगरेको नागरिक अगुवाले वताए ।
बझाङ पठाइएका एमडीजीपी डाक्टर अन्वेष कोइराला जिल्ला अस्पताल बाजुरामा जान तयार छन् । यसका लागि उनले मन्त्रालयमा निवेदन समेत दिएका छन । उनले निवेदनमा लेखेका छन्, ‘बझाङ जिल्ला अस्पतालमा दुईजना एमडी (विशेषज्ञ)  डाक्टर रहेकाले अभाव भएको बाजुरामा सेवा गर्न अनुमति दिन अनुरोध गर्दछु ।’

अस्पताल व्यवस्थापन समितिले उनलाई जिल्ला अस्पताल बाजुरा सरुवा गरिदिन मन्त्रालयलाई अनुरोध समेत गरेको छ । तर मन्त्रालयले बाजुरा पठाउन कुनै सुरसार गरेको छैन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्की जिल्ला अस्पताल बाजुराले कहिल्यै दरबन्दी अनुसार जनशक्ति पाउन नसकेको बताउँछन् । आफूले पटक–पटक माग गर्दा पनि मन्त्रालयले वास्ता नगरेको बताए । उनले भने, ‘हामी आफैंले पहल गरेर बझाङमा रहेका छात्रवृत्तिका एमडीजीपी डाक्टर बाजुरा पठाउन मन्त्रालयलाई पत्र लेखेका थियौं । तर मन्त्रालयले त्यसबारे चासो देखाएको छैन । उहाँ नभए अरु नै पठाउन भन्दा पनि सुनुवाइ भएको छैन ।’