डोटीमा खुल्यो प्याड उत्पादन गर्ने फर्म

डोटीमा खुल्यो प्याड उत्पादन गर्ने फर्म

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका  प्याड उत्पादन गर्ने फर्म खुलेको छ ।  सिलगढीमा उधमसिल महिला समूहले सेनिटरी प्याड उत्पादन गर्ने फर्म खोलेका हुन ।

 महिलाहरु महिनावारी भएका बेला यसको आवश्यक पर्ने  र बेरोजगार महिलाहरुलाई रोजगारको अवसर तथा  सिप बिकासमा टेवा पुग्ने उदेश्यले  खोलेको उधमसिल महिला समुहकी अध्यक्ष सारदा  भट्टले बताउनु भयो  । बजार प्रसोधन केन्द्र काठमान्डौले  एउटा मेसिन सहयोग गरेको र दिपायल सिलगढी नगरपालिकाको  आर्थिक सहयोगमा यो फर्म खोलेको कोषाअध्यक्ष सीता श्रेष्ठले बताइन। उक्त फर्म मा ५ जना महिलाले  रोजगार पाएका छन ।

दिनमा करिब दुई हजार पिस उत्पादन गरि बजारको भन्दा  सस्तो रकममा बिक्रि गर्ने अध्यक्ष भट्टले बताएकी छन ।