नेता केसीको हत्या आरोपमा एक जना पक्राउ

नेता केसीको हत्या आरोपमा एक जना पक्राउ

सल्यान । नेकपाका नेत्रविक्रम चन्द नेतृत्वको नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सल्यान छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मृतक केसीका परिवारले दिएको किटानी जाहेरीका आधारमा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बिहीबार बिहान लोकमान बागचौर नगरपालिका–१० मोख्लाको शिवगुफा सामुदायिक वननजिकै  मृत भेटिएका थिए। टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए।जिल्ला अदालतबाट ५ दिनको म्याद लिई टोपबहादुरविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।