मंसिर ४ को चुनावका लागि दल दर्ता आह्वान

मंसिर ४ को चुनावका लागि दल दर्ता आह्वान

काठमाडौँ । सरकारले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा  निर्वाचनका लागी  दल दर्ताको आह्वान गरेको छ ।

निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबार अर्थात साउन २२ गते देखि दल दर्ता आह्वान गरेको हो ।

त्यस्तै आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।