कैलालीमा प्रेमविवाह गरेर आएको एक महिना नवित्दै मृत्यु, हत्या की आत्महत्या !

कैलालीमा प्रेमविवाह गरेर आएको एक महिना नवित्दै मृत्यु, हत्या की आत्महत्या !

कैलाली । कैलालीको जानकी गाउँपालिमा प्रेम विवाह गरेको आएको एक महिना नवित्दै एक किशोरीको मृत्यु भएको छ ।  कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन)भनिने सँग  भागेर  प्रेम विवाह गरेकी दैलेखको गुँरास गाउँपालिका–२ की १९ वर्षीय विष्णु रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो श्रीमानले मृतक रावललाई उपचारका लागि टीकापुर अस्पताल ल्याएका र सोही क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिएका छन् ।

तेस्तै मृतक रावलले झुण्डिएर आत्महत्या प्रयास गरेको अवस्थामा श्रीमानले पासो काटेर अस्पतालमा पुगाएका थिए तर चिकित्सकले मृत घोषणा गरेको प्रमुख प्रहरी नायब उपरीक्षक शाहीले बताए । घटनाको अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको प्रहरीले शुक्रबार भने आफन्तको जिम्मा लगाएको जनाएको छ ।