बाबुराम नेतृत्वको नयाँ पार्टीको बैठक आज

बाबुराम नेतृत्वको नयाँ पार्टीको बैठक आज

काठमाडौँ । नेपाल समाजवादी पार्टीको बैठक आज शनिबार बस्ने भएको छ।  बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको बैठकमा आगामी निर्वाचनबारे छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन् । हालै दर्ता भएको पार्टी भएकाले संगठन निर्माणसम्बन्धी विषयमा पनि छलफल हुने जनाएको छ। 

निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने,त्यसैगरी आगामी चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने बताइएको छ । 

केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी आवश्यक निर्णय हुने जनाइएको छ।