जंगली च्याउ खाँदा  आठजना बिरामी

जंगली च्याउ खाँदा  आठजना बिरामी

सल्यान । शुक्रबार साँझ जंगली च्याउ खाँदा  आठजना बिरामी गरेका छन । सल्यान जिल्लाको शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा जंगली च्याउ खाँदा आठ जना बिरामी परेका हुन। 

शुक्रबार साँझ  जंगली च्याउ खाँदा शारदा नगरपालिका ४ साइलाकम्दमा ४० वर्षीया मिना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय जोन बस्नेत र ४ वर्षीया जोशना बस्नेत बिरामी भएका छन् भने नगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुपबहादुर वली, श्रीमती ४५ वर्षीया मनकली वली,छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वली बिरामी भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला अस्पतालमा सामान्य उपचार पछि गएराति नै उनीहरूलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। शुक्रबार साँझ जंगली च्याउ खाएर सुतेका उनीहरू राति बिरामी भएका थिए।

अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।