निजामती अस्पताल र आन्दोलनरत पक्षबीच सहमति, साढे दुई वर्षपछि आन्दोलन फिर्ता

निजामती अस्पताल र आन्दोलनरत पक्षबीच सहमति, साढे दुई वर्षपछि आन्दोलन फिर्ता

काठमाण्डौ । निजामती कर्मचारी अस्पताल र आन्दोलनरत  डाक्टर तथा कर्मचारी पक्षबीच सहमति भएको छ । सहमतिपछि डाक्टर तथा कर्मचारीले साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता लिएका छन् ।

अस्पतालको आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाका अनुसार निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेल, डाक्टर एसोसिएशन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा. सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको जनाएका छन । उनका अनुसार सहमति अनुसार डाक्टर र कर्मचारी सङ्घले राखेका मागलाई सम्बोधनका लागि अस्पताल व्यवस्थापन समितिमा पेस गर्ने र कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी सङ्घसँग छलफल गरिनेछ ।

डाक्टर्स एसोसिएशन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा. मरठ्ठाले आफूले उठाएका माग सम्बोधन गर्ने भएपछि केही समयका लागि आन्दोलन स्थगित गरेको बताएका छन। उनका अनुसार स्थायी गर्ने प्रक्रिया अस्पतालले अगाडि बढाउने र अरु पनि माग पूरा गर्ने सहमति भएको छ । विभिन्न आठ बुँदे माग राखि डाक्टर र कर्मचारी आन्दोलित भएका थिए ।