बाजुरा । बिउरा खोलाको बाढीले बडीमालिका नगरपालिका ९ सेलाघाटको बस्ती नै जोखिममा परेको छ। शुक्रबार रातीको वर्षाले स्थानीय खहरे खोलाको बाढीले सिंगो सेलाघाट बस्ती नै जोखिममा परेको हो।
बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन्। बाढीले स्थानीय चन्दे थापा,अंग थापा र दिपक बिष्टको घरमा क्षति पुगेको छ भने अन्य २० भन्दा बढी परिवार जोखिममा परेको स्थानीय मिनबहादुर थापाले बताए।
बाढीले स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षति पुगेको छ। फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये १ सय ५० बढी मरेका छन्। सयौ मुरि फल्ने खेतमा लगाएको धानबालीमा समेत क्षति पुगेको छ भने सिंगो खेत बगरमा परिणत भएको छ। बाढी राती १ बजेपछि आएको थियो।
बाउली खोलाको कटानले जोखिममा रहेको बस्ती बिउरा खोलाको बाढीका कारण थप जोखिममा परेको छ। सेलाघाट बस्तीलाई सार्नुको अर्को विकल्प नै देखिएको छैन्।
अहिले सबै परिवार सुरक्षित रहेको र अन्यन्त्र बासका लागि प्रबन्धक गर्नु पर्ने प्रहरीले जनाएको छ।