कैलालीमा पानीमा  डुबेर एक बालकको मृत्यु

कैलालीमा पानीमा  डुबेर एक बालकको मृत्यु

कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नं . १ स्थित जमरा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ ।

एकता नगर शिविरका लाल सिंह परियारका १२ वर्षीया छोरा दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर शाही  दिएका   अनुसार दिनेश शनिवार १२ बजे जमरा कुलोमा साथीसँगै नुहाउन गएका थिए ।

नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनलाई तत्काल टीकापुर अस्पतालमा पुर्याइएको थियो ।

डिएसपी शाहीका अनुसार उनको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यतिबेला उनका शव टीकापुर अस्पतालमा राखिएको   छ।