घोडाघोडीमा विद्युत सर्ट भएर घरमा आगलागी

घोडाघोडीमा विद्युत सर्ट भएर घरमा आगलागी

कैलाली। कैलालीको घोडाघोडीमा विद्युत सर्ट भएर एक घरमा आगलागी भएको छ। कैलालीको घोडाघोडी नगरपालिका–१० घुम्नीभाकलमा राति एक घरमा आगलागी भएको स्थानीयले जानकारी दिएका छन् । विद्युत सर्ट भएर स्थानीय नेत्र चौलागाइँको घरमा आगलागी भएको स्थानीय दधिराम चौलागाइँले जानकारी दिए।

राति १ बजेतिर विद्युत पड्केको आवाज सुनिएपछि घरमा आगलागी भएपछि स्थानिय तथा गाउँवासीले मिलेर निभाउने प्रयास गरेको उनले बताए । आगलागीबाट घरमा राखेको अन्नबाली, नगद, अति आवश्यक कागजात सबै नष्ट भएको जनाइएको छ ।