शनिवार नेपालमा  ६ सय ६० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

शनिवार नेपालमा  ६ सय ६० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६ सय ८२ परीक्षणमा ६ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३ सय २६ र दुई हजार ७ सय ४० एन्टिजेन परीक्षणमा ३ सय ३४ जना गरी ६ सय ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ४ सय ४४ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ४१ रहेको छ ।