बस दुर्घटना हुँदा १२ जनाको मृत्यु , ३१ जना घाइते

एजेन्सी    

बस दुर्घटना हुँदा १२ जनाको मृत्यु , ३१ जना घाइते

क्रोएशियामा पर्यटक बोकेको बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ३१ जना घाइते भएका छन् । पोल्याण्डबाट घुम्न गएका पर्यटक बोकेको बस क्रोएशियाको जरेक विसास्की नजिकै सडकबाट खसेको बीबीसीले जनाएको छ ।

घाइते भएकामध्ये केहीको गम्भीर अवस्थामा उपचार चलिरहेको छ । ज्यान गुमाउने सबै पोल्याण्डका वयस्क नागरिक रहेका खबरमा उल्लेख छ । उनीहरु बोस्नियाको क्याथोलिक तीर्थस्थल मेदजुगोर्जे जाँदै थिए । क्रोएशियाका प्रधानमन्त्री डाभोर बोज्निनोभिकले ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिँदै घाइतेहरुको ज्यान बचाउन हरसम्भव कोसिस गर्ने बताउनुभएको छ । घटनापछि पोल्याण्डका २ जना मन्त्री क्रोएशिया जान लागेका खबरमा उल्लेख छ ।



शनिबार २१, साउन २०७९ ०६:३३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस