ऐश्वर्य यूथ नेटवर्कको संयोजकमा खड्का

धनगढी खबर    

ऐश्वर्य यूथ नेटवर्कको संयोजकमा खड्का

धनगढी ।   मानव अधिकारको क्षेत्रमा कार्यरत प्रमुख मानव अधिकारवादी संस्था एम्नेष्टि ईन्टरनेशनल नेपाल अन्तर्गत रहेको ऐश्वर्य यूथ नेटवर्कको दोस्रो साधारणसभा धनगढीमा सम्पन्न भएको छ।

साधारणसभाबाट संयोजकमा सुरज खड्का निर्विरोध निर्वाचित भएका छन्  । त्यसैगरी सह संयोजक मा दीपा चन्द र दिप्रेन्द्र जोशी, सचिव मा जेसिका बिनाडी कोषाध्यक्ष मा निरज भट्ट सहित १३ जनाको कार्यसमिति निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

युवाहरूमा मानवअधिकार सम्बन्धी सचेतना जगाउँदै विभिन्न क्षेत्रमा मानवअधिकार हननका घटना विरुद्ध सशक्त  आवाज उठाउने उद्देश्यले आजभन्दा तीन वर्ष अगाडि  सो नेटवर्कको गठन गरिएको थियो। स्थापना देखि नै सो नेटवर्कले मानवअधिकार क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

 



शनिबार २१, साउन २०७९ ०६:५८ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस