बैतडीमा दोस्रो संस्करणको पाटन प्रिमियर लिग क्रिकेट असोजमा

बैतडीमा दोस्रो संस्करणको पाटन प्रिमियर लिग क्रिकेट असोजमा

बैतडी ।  बैतडीमा दोस्रो संस्करणको पाटन प्रिमियर लिग असोज १ देखि  दोस्रो पिपिएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता  (पिपिएल)  आगामी असोजमा हुने भएको छ।

प्रतियोगितामा देशभरका जुनसुकै टोलीले पनि सहभागिता जनाउन सक्नेछन्। सहभागिता जनाउन टिमले भाद्र ३० गतेसम्म टिम दर्ता गर्नुपर्नेछ भने टिम दर्ताका लागि शुल्क ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ।

आइतबार आयोजक पाटन क्रिकेट क्लबलेपत्रकार सम्मेलनको आयोजना गर्दै खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता पहिलो पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिपाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले  जाकारी दिए। दोस्रो हुनेले पुरस्कारबापत ५५ हजार ५ सय ५५ नगदसहित प्रमाणपत्र पाउनेछन्।

बेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई जनही ५ हजार ५५५ नगदसहित प्रमाणपत्र, उदीयमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयाँसहित ट्रफी प्रदान गरिनेपाटन क्रिकेट क्लबका सचिव अवस्थीले बताए।

खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता पाटन नगरपालिका(६ मा रहेको कृष्ण माविको खेलमैदानमा हुने राउण्ड रोबिनका आधारमा खेलाइने लिग चरणका खेल १५ ओभरका हुनेछन् भने क्वार्टरफाइनलपछिका खेलहरू २० ओभरमा खेलाइने जनाइएको छ। प्रतियोगिता आयोजनामा  बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य सचिव अवस्थीले बताए ।