सुदूरपश्चिम प्रदेशको करिब साँढे ३ लाख जनसंख्या विदेशमा

सुदूरपश्चिम प्रदेशको करिब साँढे ३ लाख जनसंख्या विदेशमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा कामको सिलसिलामा वा अध्ययनको सिलसिलामा  तीन लाख ४६ हजार ८३६ जना  देश वाहिर राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा उल्लेखक छ ।

२०७८ सालको जनगणना हुँदा कामको सिलसिलामा वा अध्ययनको सिलसिलामा देश वाहिर रहेका व्यक्तिहरुलाई अनुपस्थित जनसंख्यामा राखेको थियो। २०७८ सालको जनगणना हुँदा सुदूरपश्चिम प्रदेशमा पुरुष २ लाख ५३ हजार १६९ र महिला ९३ हजार ६६७ देश वाहिर रहेका छन्।

सुदूरपश्चिम प्रदेशको तराईको जिल्ला कैलालीमा सबैभन्दा बढी एक लाख १० हजार ६५१ जना देश बाहिर रहेका छन।कैलाली जिल्लामा अनुपस्थित महिलाको संख्या ३२ हजार ११५ रहेको छ। जुन संख्या जिल्लाको कुल जनसंख्याको १२ प्रतिशत हुन आउँछ। यस जिल्लाको कुल जनसंख्या नौ लाख ११ हजार १५५ रहेको जनगणनाको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ।त्यस्तै अर्काे तराईका जिल्ला कञ्चनपुरमा पुरुष ५० हजार ८६२ र महिला १५ हजार २१६ गरी ६६ हजार ७८ जना देश वाहिर रहेका छन्। जुन जिल्लाको कुल जनसंख्या पाँच लाख १७ हजार ६४५ को ८ प्रतिशत हो।

त्यस्तै पहाडी जिल्ला डोटीमा  दुई लाख पाँच हजार ६८३ जनसंख्या रहेकोमा २३ हजार ८६२ पुरुष र पाँच हजार २६३ महिला गरी २९ हजार १२५ अनुपस्थित रहेका छन्।  जुन जिल्लाको कुल जनसंख्याको १४ प्रतिशत जनसंख्या हुन आउछ। त्यस्तै जिल्लाको अनुपस्थित जनसंख्या कुल जनसंख्याको १९।३९ प्रतिशत अर्थात  कुल जनसंख्या दुई लाख २९ हजार ८१६ रहेको छ। ३० हजार ७६१ पुरुष र १३ हजार ८०४ महिला गरी ४५ हजार ५६५ जना अनुपस्थित रहेका छन्। 

डडेल्धुरा जिल्लामा कुल जनसंख्याको ११ प्रतिशत देश बाहिर छन। जस मध्य १२ हजार ४०० पुरुष र दुई हजार ९४९ महिला गरी १५ हजार ३४९ अनुपस्थित रहेका छन्।  जिल्लामा एक लाख ३९ हजार ४२० कुल जनसंख्या रहेको छ ।  बाजुरामा जिल्लाको कुल जनसंख्या ११ प्रतिशतशदेश बाहिर छन । जसमा १० हजार ६ पुरुष र पाँच हजार ३४२ महिला गरी १५ हजार ३४८ जना अनुपस्थित छन्।  जिल्लाको कुल जनसंख्या एक लाख ३८ हजार ९९८ जना रहेका छन।

यस्तै बझाङमा पुरष २२ हजार २५० र महिला १३ हजार तीन सय तीन जना अनुस्थित रहेका थिए। बझाङको कुल जनसंख्या एक लाख ८९ हजार ९७ मध्ये ३५ हजार ५५३ अर्थात्  १९ प्रतिशत जनसंख्या अनुस्थित रहेको प्रारम्भिक प्रतिवेदनले देखाउँछ। 

सुदूरपश्चिम प्रदेशमा यति ठुलो मात्रामा मानिसहरु बाहिर कामको सिलसिलामा वा अध्ययनको सिलसिलामा देश वाहिर गएको देखिन्छ ।