राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा

राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा

धनगढी। पुर्व संञ्चारकर्मी रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गरिएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश सभापति नरेन्द्र चन्द र सचिव भोजराज जोशीले आइतबार कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय  धनगढी उपमहानगरपालिकाको वडानम्बर ३ राजपुरमा पार्टीमा एक कार्यक्रमका बीच कार्यालय स्थापना गरिएको सचिव जोशीले बताए।  सचिव जोशीका अनुसार भाडामा लिएर कार्यालय संचालन गरिएको र कैलाली जिल्ला र प्रदेश समितिले यहीँबाट कामकाज थाल्ने जनाएको छ।  यस्तै पार्टीले सुदूरपश्चिमका सबै जिल्लाहरुमा पार्टीका कार्यक्रमहरुलाई तीव्रता दिने बताइएको छ।