आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै

आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै

सोमबार आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ। राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने कार्यसूची रहेको छ।

आजको बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने आजको बैठकमा कार्यसूची रहेको छ।