मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

काठमाडौं । मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् ।  मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।

डाक्टर नवराज लम्सालको अग्नि,  डाक्टर दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास,  बसन्त बस्नेतको महाभारा,  दीपा मेवाहाङ राईको यादको सन्दुक, डाक्टर नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाकफ व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश,  सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।